News रोशनको ह्याट्रिकसँगै अञ्चलपुर क्वाटरफाइनलमा
गोलनेपाल

तिलोत्तमा । रोशन राना मगरले ह्याट्रिकसहित चार गोल गरेपछि अञ्चलपुर युथ क्लब यहाँ जारी स्व. डिम बहादुर स्मृति २०औं लिस्नु कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ अञ्चलपुरले मुर्गिया एफसीलाई ५–१ ल े हरायो । अञ्चलपुरको जितमा रोशनले चार गोल गर्नु बाहेक थप एक गोल नितिन थापाले गरे ।

उता पराजित मुर्गियाका लागि सुरज थारुले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा अञ्चलपुरका लागि चार गोल गरेका रोशन राना मगर खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भाद्र २४ गते शुक्रबारको खेल नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र वालिङ युनाइटेड, स्याङ्जा बीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments