News
मैत्रीपुर्ण खेलमा एपिएफको जित
काठमाडौं । चितवन गोल्डकप खेल्ने तयारीमा रहेको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले बिहीबार भएको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।
एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँगको मैत्रीपूर्ण खेलमा ३–२ को जित हात पारेको हो । एपिएफको जितमा नविन लामाले दुई गोल गरे भने थप एक गोल हरि कार्कीले गरे । उता पराजित पुलिसका लागि तिर्थ राना मगर र निर कुमार राईले गोल गरे ।
स्मरण रहोस, यहि भाद्र २५ गतेदेखि शुरु हुन गईरहेको चितवन गोल्डकपमा एपिएफले २९ गतेका दिन क्वाटरफाइनल खेल्नेछ । बाई पाएर सिधै क्वाटरफाइनल खेल्न अवसर पाएको एपिएफले उद्घाटन खेल आयोजक भरतपुर एफसी र मोतिहारी एफसी, भारतबीचको विजेतासँग प्रतिस्र्धा गर्नेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न