काठमाडौं । पछिल्लो केही वर्ष यता अन्तर्राष्ट्रिय फुटबलमा नियमित सुधारात्मक प्रदर्शन गर्दै आईरहेको भुटानले जारी म हिला साफ च्याम्पियनसिपमा ऐतिहासिक जित हात पारेको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न समूह बी तर्फको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ५–० को प्रभावशाली जित निकाल्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा भुटानको यो पहिलो जित समेत थियो ।
यो जितसँगै भुटानले सेमिफाइनलमा प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । आफ्नो पहिलो खेलमा आयोजक तथा दावेदार नेपालसँग ४–० ले पराजित भुटानका लागि श्रीलंका विरुद्धको जित निकै अहम रह्यो ।
अब समूह बी अन्तरगत सोमबार नेपाल र श्रीलंका भिड्ने छन् । त्यो खेलमा नेपालले नै जित्ने सम्भावना । यद्यपि नेपालले त्यो खेलमा जित वा बराबरी निकाले पनि भुटान सेमिफाइनलमा प्रवेश गर्नेछ ।
समूह ए मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल