News आयोजक लिस्नु क्वाटरफाइनलमा
गोलनेपाल

तिलोत्तमा । आयोजक लिस्नु युवा क्लब यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति २०औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलतर्फ आयोजक लिस्नुले पाहुना टोली पाल्पा–११ विरुद्ध २–१ को कठिन जित निकाल्दै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता पनि लिस्नुले नै लिएको थियो । ४४औं मिनटमा राजेन्द्र रावलको गोलबाट आयोजकले गोलको खाता खोल्यो । ५५औं मिनटमा फोडे फोफनाले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता पाल्पाले खेलको अन्तिमतिर पेनाल्टीको अवसर पायो । जसलाई जनम लिगलले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । यद्यपि त्यो गोल पाल्पाली टोलीको हार जोगाउन प्रर्याप्त बनेन ।

खेलमा लिस्नुका हिमाल थापा म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ २६ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

Post Comments