काठमाडौं । यहाँ जारी महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतले समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा फराकिलो जित हात पारेको छ । शनिबार सम्पन्न समूह ए को दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हरायो ।
स्मरण रहोस, भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको थियो । शनिबार नै भएको समूह ए तर्फको पहिलो खेलमा बंगलादेशले पाकिस्तानमाथि ६–० को जित निकाल्यो । समग्रमा बंगलादेशको पनि यो पहिलो जित थियो । बंगलादेशले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो ।
शनिबारको त्यो नतिजासँगै समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अब समूह चरणको अन्तिम खेलमा पाकिस्तान र माल्दिभ्स भिड्दा अर्को खेलमा भारत र बंगलादेश भिड्ने छन् । साथै भारत र बंगलादेश बीच हुने खेलको नतिजाले समूह ए को समूह विजेता र समूह उपविजेताको टुंगो लाग्नेछ ।
उता समूह बी मा रहेको आयोजक नेपालसँगै भुटानको सेमिफाइनल प्रवेशको सम्भावना लगभग तय भईसकेको छ । नेपालले आफ्नो अन्तिम खेल सोमबार श्रीलंकासँग खेल्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल