News बंगलादेशसँग रोकियो बहराईन
गोलनेपाल

काठमाडौं । एएफसी यु२० एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको बंगलादेशले आयोजक बहराईनलाई बराबरीमा रोक्न सफल भएको छ । बहराईनको अरद शहर स्थित अल मुहरक स्टेडियममा शनिबार राती सम्पन्न खेलमा बंगलादेशले बहराईनलाई गोलरहित बराबरीमा रोकेर महत्वपूर्ण अंक खोसेको हो ।

स्मरण रहोस, समूह बी तर्फ कै पहिलो खलमा शनिबार नेपालले भुटानसँग ०–२ को स्तब्धपुर्ण हार बेहोरेको थियो । समूह बी मा नेपालसँगै बंगलादेश, भुटान, आयोजक बहराईन र बलियो कतार रहेको छ । नेपालले आफ्नो दोस्रो खेल सोमबार कतारसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments