News एएफसी यु–२० एसियन कप छनौटमा बंगलादेशसँग भुटान पराजित
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० एसियन कप छनौटतर्फ सोमबार नेपाल कै समूहमा रहेको बंगलादेशले भुटानलाई २–१ ल े हराएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको बंगलादेशले आफ्नो पहिलो खेलमा आयोजक बहराईनलाई गोलरहित बराबरीमा रोकेको थियो ।

उता भुटानले भने आफ्नो पहिलो खेलमा नेपालमाथि २–० को सनसनीपूर्ण जित निकालेको थियो । स्मरण रहोस, समूह बी तर्फ कै सोमबार अबेर राती हुने खेलमा नेपालले बलियो कतारको सामना गर्दैछ । त्यस्तै छनौट प्रतियोगिता अन्तरगत नेपालले बुधबार बहराईनसँग खेल्नेछ भने आइतबार बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।

Post Comments