News
असोज दोस्रो सातादेखि सुकमान स्मृति कप
फाल्गुनन्द । श्री प्रगतिशील सामुदायिक विकास केन्द्र, फाल्गुनन्द गाउँपालिका १, सखेवा, पाँचथरको आयोजनामा आउँदो असोज १४ गतेदेखि श्री सुकमान सम्बाहाम्फे स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।
शहिद खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार ५ सय रहेको छ भने धरौटी रकम थप १ हजार रहेको आयोजकले जानकारी दियो । त्यस्तै टिमदर्ता गर्ने अन्तिम मिति असोज १२ गतेसम्म तोेकिएको छ भने खेलतालिका असोज १३ गतेका दिन प्रकाशित गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्जुन सम्बाहाम्फेले जानकारी दिए ।
Post Comments
Related News
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात