News असोज दोस्रो सातादेखि सुकमान स्मृति कप
गोलनेपाल

फाल्गुनन्द । श्री प्रगतिशील सामुदायिक विकास केन्द्र, फाल्गुनन्द गाउँपालिका १, सखेवा, पाँचथरको आयोजनामा आउँदो असोज १४ गतेदेखि श्री सुकमान सम्बाहाम्फे स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

शहिद खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार ५ सय रहेको छ भने धरौटी रकम थप १ हजार रहेको आयोजकले जानकारी दियो । त्यस्तै टिमदर्ता गर्ने अन्तिम मिति असोज १२ गतेसम्म तोेकिएको छ भने खेलतालिका असोज १३ गतेका दिन प्रकाशित गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्जुन सम्बाहाम्फेले जानकारी दिए ।

 

Post Comments