News प्रथम देउसी–रे कप हुँदै
गोलनेपाल

काठमाडौं । अमेरिकामा बसोबास गर्ने आप्रवासी नेपालीहरुबीच आउँदो अक्टुबर ८ र ९ तारीखका दिन प्रथम देउसी–रे कप फुटबल प्रतियोगिता हुने भएको छ । मेट्रो फुटबल क्लब, अस्टिनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको तयारी पनि तिव्र पारिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि टिमदर्ता पनि खुला गरिएको छ । इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ५ सय अमेरिकी डलर तोकिएको छ । साथै इच्छुक क्लबहरुलाई टिमदर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर २५ सम्म तोकिएको पनि आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको समूह चरणका खेलहरु अक्टुबर ८ तारीखका दिन हुनेछन् भने नकआउट चरणका खेलहरु अक्टुबर ९ तारीखका दिन हुनेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

Post Comments