News
मैत्रीपूर्ण म्याचका लागि इङल्याण्ड एफएका प्रतिनिधि नेपालमा
काठमाडौं । इङल्याण्ड फुटबल एसोशिएसन (एफए) का प्रतिनिधिहरु सोमबार नेपाल आइपुगेका छन् । स्मरण रहोस, नेपाल र इङल्याण्डले २०३औं द्विपक्षीय सम्बन्ध पूरा गरेको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको राष्ट्रिय फुटबल टिम सी बीच मैत्रीपूर्ण फुटबल हुने यसअघि नै बताइएको थियो ।
त्यसैका लागि आवश्यक सम्झौता गर्न सहारा युकेको समन्वयमा इङल्याण्ड एफएका तर्फबाट एन्ड्रियु शा र लाउरेन्स जोन्स सोमबार नेपाल आइपुगेका हुन् । सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङका अनुसार इङल्याण्ड एफए र एन्फाबीच मंगलबार आवश्यक भेटघाट र सम्झौता हुनेछ ।
उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि यहि आउँदो २५ मईका दिन इङल्याण्ड मै नेपाल र इङल्याण्डको सी टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न