News
मैत्रीपूर्ण म्याचका लागि इङल्याण्ड एफएका प्रतिनिधि नेपालमा
काठमाडौं । इङल्याण्ड फुटबल एसोशिएसन (एफए) का प्रतिनिधिहरु सोमबार नेपाल आइपुगेका छन् । स्मरण रहोस, नेपाल र इङल्याण्डले २०३औं द्विपक्षीय सम्बन्ध पूरा गरेको अवसरमा नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको राष्ट्रिय फुटबल टिम सी बीच मैत्रीपूर्ण फुटबल हुने यसअघि नै बताइएको थियो ।
त्यसैका लागि आवश्यक सम्झौता गर्न सहारा युकेको समन्वयमा इङल्याण्ड एफएका तर्फबाट एन्ड्रियु शा र लाउरेन्स जोन्स सोमबार नेपाल आइपुगेका हुन् । सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङका अनुसार इङल्याण्ड एफए र एन्फाबीच मंगलबार आवश्यक भेटघाट र सम्झौता हुनेछ ।
उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि यहि आउँदो २५ मईका दिन इङल्याण्ड मै नेपाल र इङल्याण्डको सी टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने जनाएको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि