पाँचथर । तेस्रो कुम्मायक गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक कुम्मायक स्र्पोटिङ क्लबले नै जित्न सफल भएको छ ।
पाँचथरको यासोक स्थित पृथ्वी माविको खेलमैदानमा सोमबार भएको फाइनल भिडन्तमा कुम्मायकले मिक्लाजुङ गाउँपालिकालाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
कुम्मायक गाउँपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता आयोजक कुम्मायक स्र्पोटिङले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता मिक्लाजुङ गाउँपालिकाले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कुम्मायकका दिनेश शेर्मा घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच पनि कुम्मायक कै दिपसन लावती घोषित भए ।
त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक कुम्मायक कै कविन्द्र लावती घोषित भए भने उत्कृष्ट डिफेन्डर मिक्लाजुङका वासुदेव राई चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर कुम्मायक कै हेमन्त दर्नाल घोषित हुँदा उत्कृष्ट फरवार्डको पुरस्कार भने मिक्लाजुङका दिपेश बर्देवा घोषित भए ।
त्यसैगरी सर्वाधिक गोलकर्ता कुम्मायक कै अभिषेक लिम्बु बन्दा उदयीमान खेलाडी पनि कुम्मायक कै लोकेन्द्र थापा बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे ।
कुम्मायक स्र्पोटिङ क्लब, याशोक पाँचथरको आयोजनामा गत माघ १ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात