News दोस्रो पंचायन गोल्डकपमा एनएफसीको विजयी शुरुवात
गोलनेपाल

पंचायन । दोस्रो पंचायन गोल्डकप नकआउट फुटबल प्रतियोगितामा एनएफसी, धरानले विजयी शुरुवात गरेको छ । पंचायन खेलमैदानमा भएको उद्घाटन खेलमा एनएफसीले शान्तिनगर एफसी, इटहरीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

एनएफसीका लागि मिलन लिम्बु र बिबेक राईले गोल गरे । खेलमा एनएफसी कै बिष्णु सुनुवार म्यान अफ द म्याच घोषित भए । यो जितसँगै एनएफसी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत असोज २ गते आइतबारको खेल सयपत्री एफसी, बराहक्षेत्र र इनरुवा इभेन्ट म्यानेजमेण्ट, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

पंचायन क्लब, रामधुनी, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज १० गतेका दिन हुनेछ ।

Post Comments