News एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल सुरु
गोलनेपाल

पोखरा । पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकको आयोजनामा तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइ खलक सेतोले माहाविर स्पोर्टस क्लब हेटौंडालाई ४–१ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । वगर भाइखलकका लागि मनोज गुरुङले ह्याट्रिक गरे ।

खेलको पहिलो मिनेटमै मनोजले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । उनले खेलको ७औं र ५० मिनेटमा गोल गरि ह्याट्रिक पुरा गरेका थिए । टिमका लागि दिपक गर्वुजा पुनले खेलको २५ औं मिनेटमा थप एक गोल गरेका थिए । उता पराजित टिमका लागि अजय मानन्धरले एक मात्र सान्त्वना गोल फर्काए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नर देवी पुनले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध रहेको जनाइन । उनले टुँडीखेल खेल मैदानको स्त्तरन्नतीका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन ।

उद्घाटन समारोहमा भुतपूर्व खेलाडी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । वगर भाईखलकले संस्थापक अध्यक्ष रानाभाटलाई ताम्रपत्र, दोसल्ला र मालाले सम्मान गरेको हो ।

माघ ११ गते सम्म चल्ने प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

Post Comments