News एन्फा र इङल्याण्ड एफएका प्रतिनिधीबीच भेटघाट
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएका प्रतिनिधीबीच मंगलबार आवश्यक छलफल र भेटाघाट कार्यक्रम सम्पन्न भएको छ ।

इङल्याण्ड एफएका प्रतिनिधी एन्ड्रियु शा र लाउरेन्स जोन्सले एन्फासँग नेपाल र इङल्याण्डको सी फुटबल टीमबीच हुने मैत्रीपूर्ण फुटबल म्याचबारे आवश्यक छलफल गरेका थिए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकमा खेलकुदको विकास र प्रवद्र्धनका लागि आवश्यक सम्भाव्यताबारे छलफल गरिएको थियो । साथै भविष्यमा यस्ता मैत्रीपूर्ण फुटबल म्याचलाई निरन्तरता दिनेबारे पनि आवश्यक छलफल गरिएको थियो ।

स्मरण रहोस, नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्धको २०३औं वर्षगाँठको अवसरमा दुई देशबीच यो मैत्रीपुर्ण फुटबल म्याच हुन लागेको हो । पहिलो म्याच नेपाल र इङल्याण्डको सी टिमबीच इङल्याण्ड मै हुनेछ भने दोस्रो खेल नेपालमा हुने बताइएको छ ।

Post Comments