News
एन्फा र इङल्याण्ड एफएका प्रतिनिधीबीच भेटघाट
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएका प्रतिनिधीबीच मंगलबार आवश्यक छलफल र भेटाघाट कार्यक्रम सम्पन्न भएको छ ।
इङल्याण्ड एफएका प्रतिनिधी एन्ड्रियु शा र लाउरेन्स जोन्सले एन्फासँग नेपाल र इङल्याण्डको सी फुटबल टीमबीच हुने मैत्रीपूर्ण फुटबल म्याचबारे आवश्यक छलफल गरेका थिए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकमा खेलकुदको विकास र प्रवद्र्धनका लागि आवश्यक सम्भाव्यताबारे छलफल गरिएको थियो । साथै भविष्यमा यस्ता मैत्रीपूर्ण फुटबल म्याचलाई निरन्तरता दिनेबारे पनि आवश्यक छलफल गरिएको थियो ।
स्मरण रहोस, नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्धको २०३औं वर्षगाँठको अवसरमा दुई देशबीच यो मैत्रीपुर्ण फुटबल म्याच हुन लागेको हो । पहिलो म्याच नेपाल र इङल्याण्डको सी टिमबीच इङल्याण्ड मै हुनेछ भने दोस्रो खेल नेपालमा हुने बताइएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै