
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौटमा नेपालले लगातार दोस्रो हार बेहोर्दै छनौट प्रतियोगितामा एक खेल्न बाँकी छँद्र प्रतियोगिताबाट बाहिरिएको छ । समूह एफमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार घरेलु टोली भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भयो ।
आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले निराश बनेको नेपालका लागि यो फराकिलो हारले छनौट प्रतियोगिताको सम्भावना एक खेल अगावै समाप्त भएको हो । शुक्रबार नै भएको पहिलो खेलमा थाईल्याण्डले पनि लगातार दोस्रो जित निकाल्दै क्रममा चाइनिज ताइपेईलाई ३–१ ले हरायो ।
छनौट प्रतियोगितामा ताइपेईको पनि यो लगातार दोस्रो हार हो । ताइपेईले आफ्नो पहिलो खेलमा भियतनामसँग ४–० ले पराजित भएको थियो । यो हारसँगै छनौट प्रतियोगिताबाट ताइपेईको सम्भावना पनि समाप्त भएको छ ।
समूह एफबाट फाइनल चरणका लागि छनौट हुने टोलीको छिनोफानो आइतबार हुने थाइल्याण्ड र भियतनामबीचको खेलबाट लाग्नेछ । त्यस्तै सोही दिन नेपाल र चाइनिज ताइपेई पनि भिड्ने छन् । जुन दुवै टोलीका लागि प्रतिष्ठाको भिडन्त हुनेछ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट