News कार्तिक पहिलो सातादेखि अरुणभ्याली गोल्डकप
गोलनेपाल

मानेञ्ज्याङ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मानेभञ्ज्याङ, संखुवासभामा आउँदो कार्तिक १ देखि ५ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण अरुणभ्याली गोल्डकप हुने भएको छ ।

एडभान्स क्लब, मानेभञ्ज्याङ, संखुवासभाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि दशैं लगतै शुरु गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

खाँदबारी–३ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा दुई विदेशी टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक एडभान्स क्लबका अध्यक्ष ईश्वर घिमिरेले बताए । अध्यक्ष घिमिरे प्रतियोगितालाई समग्र संखुवासभा कै पहिचान र प्रतिष्ठाका रुपमा चिनाउने उद्देश्यका साथ भव्यताका साथ सम्पन्न गर्ने बताए । साथै यसमा सबैको सहयोग र सहकार्यको पनि अपेक्षा गरे ।

Post Comments