News सुरेन्द्रलाई प्रदेश १ फुटबल टिमको जिम्मेवारी
गोलनेपाल

इटहरी । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सुरेन्द्र तामाङले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ पुरुष फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी पाएका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १, बिराटनगरले सुरेन्द्रलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सो जिम्मेवारी दिएको हो । यो नियुक्तिसँगै सुरेन्द्रले इटहरी रंगशालामा हुने बन्द प्रशिक्षण तथा यहि असोज २८ गतेदेखि पोखरामा हुने राष्ट्रिय खेलकुदमा प्रदेश १ पुरुष फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।

टोलीको बन्द प्रशिक्षण यहि असोज २५ गतेसम्म इटहरी रंगशालामा हुनेछ । राष्ट्रिय खेलकुदका लागि प्रदेश १ को फुटबल टोली छनौट भईसकेको छ । जसमा कुल २० खेलाडीहरु छनौट भएका छन् ।

Post Comments