News कपिलवस्तुमा दोस्रो जनप्रेमी कप हुँदै
सुरज राना मगर

पिपरा । श्री जनप्रेमी युवा क्लब, वाणगंगा नगरपालिका–२, पिपरा, कपिलवस्तुको आयोजनामा यहि असोज २३ गते आइतबारदेखि दोस्रो जनप्रेमी कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

बैजलपुर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष दिलिप गाहा मगरले जानकारी दिए । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

यहि असोज ३० गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका गरि कुल १२ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेता ४०,१११ रुपैयाँ प्राप्त गर्ने पनि अध्यक्ष गाहा मगरले बताए । सेमिफाइनलमा परा जित हुने दुई टोलीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकाले उनले जानकारी दिए

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए । प्रतियोगिता आयोजना गरेर उनले कपिलवस्तुलाई फुटबल गतिविधीमा निरन्तर चलायमान राख्न आफूहरुले प्रयास गरेको अध्यक्ष गाहा मगरले बताए । उनले प्रतियोगितालाई आउने दिनहरुमा थप भव्यताका साथ राष्ट्रियस्तर मै चिनाउने उद्देश्य लिएको पनि प्रतिक्रिया दिए ।

Post Comments