News साफ यु–१५ महिला च्याम्पियनसिप बंगलादेशमा हुने (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । यसै वर्ष हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिप बंगलादेशको राजधानी ढाकामा हुने भएको छ । स्मरण रहोस, यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता काठमाडौंमा आयोजना हुने गरी आवश्यक तयारीका लागि चाहिने भौतिक पूर्वाधारहरुका गोप्य शिलबन्दी आह्वान समेत गरेको छ ।

तर दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको खेलताििलकामा प्रतियोगिता बंगलादेशमा हुने बताइएको छ । खेलतालिकामा उल्लेख भएअनुसार प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल र भुटानले मात्र सहभागिता जनाउने छन् ।

आउँदो नोभेम्बर १ देखि ११ तारीखसम्म हुने प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । लिग चरणको खेलहरुपश्चात शिर्ष स्थानमा रहने टोली उपाधि विजेता बन्ने साफले खेलतालिकामा उल्लेख गरेको छ ।

Post Comments