News
सी डिभिजन लिग छनौट सुचारु
काठमाडौं । विजयादशमीका कारण रोकिएका सी डिभिजन लिग छनौटका बाँकी खेलहरु मंगलबारदेखि शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिग छनौट अन्तरगत मंगलबार तीन खेलहरु सम्पन्न भए । एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा सुनाकोठी सिटी एफसीले नेपा एफटीलाई ५–० को फराकिलो अन्तरले हरायो । दोस्रो खेलमा वी आर ब्रदर्श र गोलबजार एससीले १–१ गोलको बराबरी खेले ।
त्यस्तै दिनको तेस्रो खेलमा नेपाल कै पहिलो प्रा.लि. क्लब झापा एफसीले पनि बच्चलादेवी युथ क्लब विरुद्ध २–० को जित निकाल्दै विजयी शुरुवात गर्यो । स्मरण रहोस, झापाले यसै सिजन हुने बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा पनि छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै