News नेपाल र पाकिस्तानले मैत्रीपुर्ण म्याच खेल्ने
गोलनेपाल

काठमाडौं । फिफाको लामो प्रतिवन्धबाट भर्खरै फुकुवा भएको पाकिस्तानले विस्तारै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सक्रियतालाई तिव्र पारेको छ । हालै मात्र काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएर पाकिस्तानको महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पूनःरागमन गरिसकेको छ ।

त्यसैक्रममा पाकिस्तान फुटबल फेडरेशनले नोभेम्बरमा नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने घोषणा गरेको छ । पाकिस्तानी टोली लाहोरमा प्रशिक्षणरत छ । साथै सो प्रशिक्षण पश्चात नेपालसँग खेल्न यता आउने सम्भावना छ । नेपाल र पाकिस्तान अन्तिमपटक सन् २०१८ मा भिडेका थिए । त्यतिबेला पाकिस्तानले नेपालमाथि २–१ को जित निकालेको थियो ।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण म्याचको मिति तय नभए तापनि यी दुई टोली नोभेम्बरको मध्यतिर भिड्ने सम्भावना छ । स्मरण रहोस, नेपालले भर्खरै मात्र बंगलादेशसँग काठमाडौं मै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा नेपालले ३–१ को उत्कृष्ट जित निकाल्न पनि सफल भएको थियो ।

 

Post Comments