News भुपेन्द्र स्मृति कप कार्तिक १ देखि
गोलनेपाल

सुर्खेत । छैठौं भुपेन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता आउँदो कार्तिक १ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता सफलताका साथ आयोजना गर्न आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको प्रतियोगिता संयोजक धिरज शर्माले जानकारी दिए ।

रामघाट, सुर्खेत स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,००,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक शर्माले बताए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि आयोजकले बतायो । प्रतियोगितामा उत्कृष्ट टोली र स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने पनि आयोजकले जानकारी दियो ।

Post Comments