News जापानमा चौथो काभ्रेली कप हुने
गोलनेपाल

काठमाडौं । जापानमा रहेका नेपाली समुदायहरुबीच यहि अक्टुबर ३० तारीखका दिन चौथो काभ्रेली कप फुटबल प्रतियोगिता हुने भएको छ । काभ्रेली समाज जापानको आयोजना हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि तिव्र पारिएको आयोजकका प्रशान्त तामाङले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४१ हजार जापानिज येन तोकिएको छ । त्यस्तै टिमदर्ता गर्ने अन्तिम मिति अक्टुबर २२ तारीखसम्म रहेको पनि आयोजकले जानकारी दियो ।

तामाङ समाज जापानको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५,११,१११ जापानिज येन हात पार्नेछ भने उपविजेताले २,३१,१११ येन प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ७१,१११ येनका साथ ट्रफी र मेडल हात पार्ने आयोजकका अर्का सदस्य गोपाल थोकरले बताए ।

Post Comments