News सप्तकोशी गोल्डकप शुरु, पथरीको विजयी शुरुवात
गोलनेपाल

बराहाक्षेत्र । शनिबारदेखि शुरु नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा पथरी स्र्पोटिङ क्लब, मोरङले विजयी शुरुवात गरेको छ । श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको उद्घाटन खेलमा पथरीले फेयर फुटबल क्लब, धरानलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

पथरीका लागि खेलको १२औं मिनटमा अभिषेक गुरुङले पहिलो गोल गरे भने लगतै १४औं मिनटमा आशिष चौधरीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा पथरीका अभिषेक गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । उनलाई विशिष्ठ अतिथी कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले पुरस्कृत गरेका थिए ।

यो जितसँगै पथरी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज ३० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल पंचायन फुटबल क्लब, बकलौरी र आयोजक सप्तकोशी युवा क्लबबीच हुनेछ ।

सप्तकोशी युवा क्लब, बराहक्षेत्र–७, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments