News गोरखामा प्रथम सिद्ध लखन कप हुने
सुरज राना मगर

गोरखा । श्री सोरठी सक्रिय युवा क्लब, शहिद लखन गाउँपालिका–५, मास्कीछाप, गोरखाको आयोजनामा आउँदो कार्तिक २ गतेदेखि प्रथम सिद्ध लखन कप एट ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

मास्कीछाप स्थित आहालडाँडा खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै इच्छुक टोलीहरुका लागि िटमदर्ता गर्न कार्तिक २ गतेसम्म कै लागि टिमदर्ता मिति तोकिएको छ । दर्ता शुल्क ६ हजार तोकिएको छ भने डिपोजिट वापत थप एक हजार बुझाउनुपर्ने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ६० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments