News दोस्रो शुभदिपावली गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

देउमाई । न्यु रिभोलुसन टिम, देउमाई नगरपालिका–३, शान्तिडाँडा, इलामको आयोजनामा यहि असोज ३१ गते सोमबारदेखि शुरु हुन गईरहेको दोस्रो शुभदिपावली गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शान्तिडाँडा खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आरवाईसी र सबजंग एफसी भिड्ने छन् । त्यस्तै पहिलो दिन नै हुने दोस्रो खेलमा देउराली एफसी र डिएन एफसी पनि भिड्ने आयोजक क्लबका सबिन श्रेष्ठले जानकारी दिए ।

कार्तिक ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ७५ हजार हात पार्नेछ भने उपविजेताले ४१ हजार प्राप्त गर्ने आयोजक क्लब कै अर्का सदस्य प्रज्वल खत्रीले बताए । त्यस्तै विधागततर्फ पनि नगद सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको सबै खेलहरु गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments