News
आइ लिगमा अनिताको 'सेथु' सफल
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतको टोली सेथु एफसीले महिला आइ लिगमा विजयी शुरुवात गरेको छ ।
प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको सेथुले कोल्हापुर सिटी एफसीलाई ५–० को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
शुक्रबार नै भएको अर्को खेलमा क्रिप्साले किकस्टार्ट एफसीलाई ४–० को अन्तरले पराजित गरेको थियो ।
स्मरण रहोस, महिला आइ लिगमा यसपटक पनि नेपालकी अनितासँगै साबित्रा भण्डारी पनि छिन् । गत बर्ष यी दुवै खेलाडीले सेथु एफसीबाट खेले तापनि यसपटक साबित्राले गोकुलम एफसीबाट खेल्दैछिन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न