News एकतप्पामा पितामरुङ र चौबन्दी विजयी
रमेश समदर्शी

एकतप्पा । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडामा जारी दिपावली नकआउट फुटबल प्रतियोगितामा आइतबार पितामरु ङ एफसी र चौबन्दी एफसी विजयी भएका छन् ।

स्थानीय जनकल्याण माविको खेलमैदानमा भएको पहिलो खेलमा पितामरुङले स्पर्धी पिवाईसी हेल्लाङलाई ४ २ गोलले पराजित गरेको हो । दोस्रो खेलमा चौबन्दी ३ १ गोलले साब्जुङ एफसीलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ ।

पितामरु ङका लागि आशिष लिम्बूले २ गोल र मनिष थापाले पनि २ गोल गरे । आशिषले दोस्रो हाफको १० र ३३ तथा मनिष २३ र ३० मिनेटमा गोल गरेका हुन् । हेल्लाङका लागि एन्सन राईले खेलको ३१औँ मिनेट र पुजन नेम्बाङले ३२औँ मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच आशिष लिम्बू घोषित भए ।

दोस्रो खेलमा चौबन्दीका लागि रुपेन लिम्बूले ह्याट्रिक गरे । उनले दोस्रो हाफको ११, १३ र १८ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच पनि घोषित भए । साब्जुङका खेलाडीले १ गोल फर्काए ।

२० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पाउँदा उपविजेताले ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । भोलि माइ एफसी र देनपा नामसि ङ ११ तथा कोलबोटे एफसी र फुङफुङ २ एएफसीबीच खेल हुनेछ ।

Post Comments