News फिदिममा पनि कार्तिक पहिलो सातादेखि दिपावली गोल्डकप
गोलनेपाल

फिदिम । शुभ दिपावलीको अवसर पारी रानीटार ग्रीनभ्याली युनाइटेड क्लब र त्रिवेणी फुटबल क्लब, फिदिमको संयुक्त आयोजनामा कार्तिक ६ गतेदेखि दोस्रो दिपावली गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

फिदिम–७, रानीटार स्थित रानीटार माविको खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको तयारी पनि शुरु भईसकेको खेल संयोजक सोले नेम्वाङले जानकारी दिए । साथै टिमदर्ता खुला गरिएको र इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ३ हजार तोकिएको पनि आयोजकले जनाएको छ ।

कार्तिक ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ६०,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३०,३३३ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल सह–संयोजक मिलन नेम्वाङले बताए । साथै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको सह–संयोजक नेम्वाङले जानकारी दिए ।

त्यस्तै प्रतियोगिता कै अवसर पारी मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रम संयोजक पासाङ गुरुङले बताउ । उनका अनुसार साँस्कृतिक कार्यक्रम अन्तरगत नृत्य प्रतियोगिता जना गरिएको बताए । सो प्रतियोगितामा प्रथम हुनेले ५,५५५ रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले २,५५५ रुपैयाँ प्राप्त गर्ने पनि गरुङले बताए ।

 

Post Comments