News चौथो राजघाट कप शुरु, मुर्तियाको विजयी शुरुवात
गोलनेपाल

बागमती । समाज सेवा युवा क्लब, बागमती–६, सर्लाहीको आयोजनामा मंगलबारदेखि शुरु चौथो ाजघाट कप फुटबल प्रतियोगितामा मुर्तिया युवा क्लबले विजयी शुरुवात गरेको छ ।

बागमती नगरपालिका–६ स्थित लाल बहादुर टोलमा रहेको खेलमैदानमा भएको उद्घाटन खेलमा मुर्तियाले चिसोपानी युवा क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१५१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका कृष्ण वाईबाले जानकारी दिए ।

Post Comments