News मलिथम एफसी उदयपुरगढी गोल्डकपको सेमिफाइनलमा
जनम बराल

नेपालटार । संघर्षपुर्ण जितका साथ मलिथम फुटबल क्लब यहाँ जारी तेस्रो उदयपुरगढी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वाटरफाइनलमा मलिथमले बसाहा फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

त्यसअघि नेपालटार स्थित भकुण्डे चौरमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा मलिथमका सनिस लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक ३ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल रौता स्पोर्टस क्लब, रौतामाई र गाईघाट फुटबल क्लब, गाईघाटबीच हुने आयोजकले जानकारी दिएको छ ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ७ गतेका दिन हुनेछ ।

Post Comments