News पाँचथरमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

फिदिम । शुभ दिपावली तथा छठपर्वको अवसरमा यहि कार्तिक ७ गतेदेखि मनापजुम यलम्बर युवा क्लब, फिदिम–११, पाँचथरको आयोजनामा प्रथम खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

फिदिम–११, पाँचथर स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष श्याम बहादुर नेम्वाङले जानकारी दिए ।

यहि कार्तिक १३ गतेसम्म प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष नेम्वाङले बताए ।

 

Post Comments