News अनुप स्मृति आमन्त्रित गोल्डकप पुष दोस्रो सातादेखि
गोलनेपाल

दिक्तेल । दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, दिक्तेलको संयुक्त आयोजनामा आगामी पुष १७ देखि २३ गतेसम्म अनुप स्मृति आमन्त्रित गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दिक्तेल स्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको विस्तृत जानकारी भने आधिकारिक रुपमा केही पछि दिइने आयोजकले जनाएको छ ।

खोटाङ फुटबल एकेडेमी समेत सह–आयोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments