शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बुधबारको खेलबाट स्थानीय शनिश्चरे एफसी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने शनिश्चरे तेस्रो टोली हो । झापाको ८ टिम सहभागी प्रतियोगितामा स्पर्धी सताक्षीधाम स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा पहिलो अग्रता सताक्षीधामले गरेको थियो । उसका लागि खेलको १८औँ मिनेटमा देव मल्लिकले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ४७औँ मिनेटमा कर्नर किकमा पाएको अवसरमा शनिश्चरेका लागि देवेनद्र तामाङले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बराबरी नतिजा खेलेको दुवै टिमको प्रतिस्पर्धामा शनिश्चरेल खेल सकिन अन्तिम १० मिनेट आक्रामक खेल प्रस्तुत गरेको थियो । फलस्वरुप खेल सकिन अन्तिम केही सेकेण्ड बाँकी रहँदा शनिश्चरेले बाजी मार्यो ।
खेल सकिने अन्तिम सिटी बज्नुपूर्व १५ सेकेण्ड बाँकी रहँदा शनिश्चरेका सौरभ लिम्बूले निर्णायक गोल गर्दा शनिश्चरे प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल रह्यो । खेलको म्यान अफ दी म्याच शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए । उनलाई अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनलगायतले नगद १५ सय प्रदान गरे ।
भोलि आयोजक मनास्लु युथ क्लब शनिश्चरेले मेचीनगरको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।
२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक