शिवशताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत बुधबार प्रतियोगिताको पहिलो सेमीफाइनल पुर्वेली भेट्रान्स क्लब झापा र झिलझिले भेट्रान्सबीचको रोमाञ्चक प्रतिस्पर्धा सकिएको छ। उक्त खेलमा झिलझिले भेट्रान्सले पुर्वेलीलाई ५-३ को नतिजामा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
उक्त खेलमा झिलझिलेलाई उपाधि नजिक पुर्याउनका लागि प्रवीन विश्वकर्माले ह्याट्रिक पुरा गर्दा अंकुर खड्कीले दुई गोलको योगदान दिएका हुन्। उता पराजित भएको टोली पुर्वेलीका लागि प्रेम सुब्बा,खेम पोख्रेल र सन्तोष राईले समान एक एक गोल फर्काएका थिए। उक्त खेलमा दुई गोल साथै असिस्ट प्रदान गर्दै झिलझिलेलाई फाइनल पुर्याउन मद्दत गरेका अंकुर खड्गी नायक साबित भएका हुन्।
बिहिबार प्रतियोगिताको दोस्रो सेमीफाइनलमा आयोजक दुधे भेट्रान्स घरेलु टोली र दमक लखनपुर दिनको ठिक ३ बजे आमने सामने हुँदैछन्।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा
- पुर्वेली भेट्रान्स चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा