News नेपालको पकड बलियो
गोलनेपाल

काठमाडौं । जारी साफ यु–१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै नेपालले प्रतियोगितामा आफ्नो पकड बलियो बनाएको छ । लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार आयोजक बंगलादेशलाई १–० को साँघुरो अन्तरले हरायो ।

खेलको अन्तिमतिर सिमरन राईको फ्रिकिकलाई सदुपयोग गर्दै बर्षा ओलीले बक्स नजिकैबाट गरेको सटिक गोल नै नेपालका लागि निर्णायक गोल बन्यो । स्मरण रहोस, नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । त्यतिबेला पनि बर्षा एक्लैले चार गोल गरेकी थिईन् ।

नेपालले बाँकी खेल ९ नोभेम्बरका दिन भुटानसँग तथा ११ नोभेम्बरका दिन अन्तिम खेल बंगलादेशसँगै खेल्नेछ । लिग चरणको खेलपश्चात शिर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्नेछ ।

Post Comments