News
एन्फाद्वारा कतार विश्वकप हेर्ने भाग्यशाली दर्शक घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेदेखि कतारमा शुरु हुन गईरहेको बहुप्रतिक्षित फिफा विश्वकप हेर्ने एक भाग्यशाली नेपाली दर्शकको घोषणा गरेको छ । एन्फाका अनुसार टिकट नम्बर ११२०० ले विश्वकप हेर्ने अवसर पाएको हो ।
एन्फाले बुधबार मात्र सम्पन्न नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हेर्न आउने एक जना भाग्यशाली दर्शकले कतार विश्वकपको समूह जी तर्फ ब्राजील र क्यामरुन बीच डिसेम्बर २ तारीखका दिन हुने खेल हेर्न पाउने घोषणा गरेको थियो ।
स्मरण रहोस, नेपाल र पाकिस्तान बीच दशरथ रंगशालामा भएको सो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो । सो खेलमा नेपालका लागि अन्जन बिष्टले एक मात्र निर्णायक गोल गरेका थिए ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)