News जापान पराजित, जर्मनीलाई राहत
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको समूह सी तर्फ एसियन पावर हाउस जापानले कोस्टारिकासँग ०–१ को हार बेहोर्दा सोही समुहमा रहेको जर्मनीलाई राहत मिलेको छ ।

जापानले आइतबार कोस्टारिका विरुद्ध आफू अनुकल नतिजा निकालेको भए नकआउट चरण प्रवेशको सम्भावना थप बलियो बन्ने थियो । तर, यो हारको नतिजाले पहिलो खेलमा जापानसँग २–१ ले पराजित जर्मनीलाई राहत पुगेको छ ।

जर्मनीले समूह चरणको आफ्नो दोस्रो खेलमा आइतबार नै अर्को बलियो टोली स्पेनको सामना गर्दैछ । स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले हराएको थियो ।

समूह सी मा स्पेन, जापान र कोस्टारिकाको समान ३–३ अंक छ । त्यस्तै अंकविहीन जर्मनी भने पुछारमा छ । यद्यपि आज जर्मनीले सकरात्मक नतिजा निकाल्न सके समूह सी मा सबै टोलीका लागि अन्तिम खेल नै निर्णायक बन्ने तय हुनेछ ।

Post Comments