News स्पेनलाई जापान, जर्मनीलाई कोस्टारिकाको चुनौति
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपकार समूह ई तर्फ आज लिग चरणको अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा दुई पूर्व विजेताद्वय स्पेन र जर्मनीले क्रमशः जापान र कोस्टारिकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ बजेदेखि शुरु हुनेछ ।

समूह ई बाट नकआउट चरणमा पुग्ने यी चारै टोलीको सम्भावना कायम छ । खलिफा इन्टरनेशनल स्टेडियममा जापान र स्पेन भिड्दा धेरैको अनुमान स्पेनको पक्षमा हुने निश्चित देखिएको छ । दुई खेलबाट ४ अंक जोडेको स्पेनलाई जित वा बराबरीको खाँचो छ ।

बराबरी खेलेर स्पेनलाई नकआउट चरणमा पुग्न सोही समूहमा रहेको अर्को टोली कोस्टारिकाले जर्मनलाई हराउनु पर्नेछ वा बराबरीमा रोक्नु पर्नेछ । जापान र कोस्टारिकाको समान ३–३ अंक छ । यी दुवै टोलीले पनि जित निकाल्न सके स्पेन र जर्मन समूह चरणबाटै बाहिरिने खतरा पनि छ ।

पहिलो खेलमा जापानसँग २–१ ले जर्मनका लागि महँगो साबित भईदिएको छ । २ खेलको समाप्तीसम्म १ अंक मात्र जोडेको जर्मन पुछारमा छ । जर्मनले आजको खेलमा कोस्टारिकालाई हराउन सके उसले स्पेन र जापानबीच हुने खेलको नतिजा पनि पर्खनु पर्नेछ ।

Post Comments