News क्रोएशिया, बेल्जियम र मोरक्कोको 'अग्नीपरीक्षा' आज
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्वकपको समूह एफ तर्फ नकआउट चरणमा पुग्ने दुई टोलीको टूंगो पनि आज लाग्नेछ । त्यसका लागि दुई हेभिवेट क्रोएशिया र बेल्जियम भिड्दा अर्को खेलमा क्यानडा र मोरक्को आमने सामने हुनेछन् ।

भलै समूह चरणबाट यसअघि नै बाहिरिसकेको क्यानडा को प्रतियोगितामा अब औपचारिकता नरहे तापनि उसले सम्माजनक नतिजाका लागि प्रतियोगिताको यात्रा सुखद रुपमा समापन गर्न चाहन्छ । यस अर्थमा मोरक्कोलाई पनि आफू अुनुकल नतिजा हात पार्न कडा मेहनत गर्नुपर्ने अनुमान गरिएको छ ।

समूह एफमा क्रोएशिया र मोरक्कोको समान ४–४ अंक छ भने बेल्जियमको ३ अंक छ । अंकविहीन क्यानडा पुछारमा छ । समूह एफको अंकतालिकालाई नियाल्दा आजको दुई खेलमा क्रोएशिया, मोरक्को र बेल्जियमलाई आफू अनुकुल नतिजाको खाँचो छ । त्यसो हुन नसके यी तीन मध्ये थप एक टोली क्यानडासँगै घर फर्कने निश्चित छ ।

समूह एफका दुवै खेलहरु नेपाली समयअनुसार राती ८ः४५ बजेदेखि शुरु हुनेछन् ।

Post Comments