News
गोकुलमका लागि 'डेब्यु' खेलमै साम्बाको निर्णायक गोल
काठमाडौं । यस सिजन चर्चित हिरो इण्डियन वुमन लिगतर्फ गोकुलम एफसीका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले नयाँ क्लबको डेब्यु खेलमै निर्णायक बनेकी छिन् ।
खेलमा गोकुलमले श्रीभुमि एफसी विरुद्ध १–० को साँघुरो जित निकाल्यो । गोकुलमका लागि आफ्नो डेब्यु खेल यादगार बनाउने क्रममा साबित्राले श्रीभूमि एफसी विरुद्ध निर्णायक गोल गरिन् ।
बैगलोर फुटबल स्टेडियममा आइतबार भएको खेलमा गोकुलमका लागि ६७औं मिनटमा साबित्राले सुन्दर भली गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाईन् ।
स्मरण रहोस, साबित्राले गत सिजन सेथु एफसीका लागि खेल्दै टोलीलाई लिग च्याम्पियन समेत बनाएकी थिईन् । त्यसैगरी आइतबार नै भएको अर्को खेलमा बैंगलोर युनाइटेड एफसीले बिदेश–११ लाई २–१ ले हरायो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न