News बेल्जियन स्टार हजार्डको सन्यास
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बेल्जियन स्टार इडन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले आफ्नो आधिकारिका इन्स्टाग्राम मार्फत सन्यासको घोषणा गरेका हुन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि यो कुराको पुष्टी गरेका छन् ।

“आज मैले अर्को पाना फर्काएँ । तपाईंहरुको माया र समर्थनका लागि धन्यवाद ।” हजार्डले आफ्नो इन्स्टाग्राममा लेखेका छन् । सन् २००८ मा बेल्जियमका लागि सिनियर टोलीमा डेब्यु गरेका ३१ वर्षिय हजार्डले त्यसयता देशका लागि कुल १२६ खेलमा ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बेल्जियमको ‘गोल्डेन जेनेरेशन’ टिमका राम्रा खेलाडी मध्ये एक हजार्डले क्लब फुटबललाई भने अझै निरन्तरता दिने अनुमान छ । चार वर्ष अघि रसियामा सम्पन्न फिफा विश्वकपमा बेल्जियमलाई तेस्रो स्थानसम्म पुर्याएका हजार्ड सोही वर्ष बेल्जियमको वर्ष खेलाडी पनि बनेका थिए । यद्यपि जारी विश्वकपमा भने बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो ।

क्लब फुटबलमा हाल स्पेनिस जायन्ट रियल मेड्रिडका लागि व्यवसायीक फुटबल खेलिरहेका हजार्डले त्यसअघि फ्रेन्च क्लब लिले र इङलिस क्लब चेल्सीमा पनि उत्कृष्ट सिजन बिताएका थिए ।

 
 
 
View this post on Instagram

A post shared by Eden Hazard (@hazardeden_10)

Post Comments