
फिदिम । लुङरुपा स्र्पोटिङ क्लब र ब्वाईज युनियन जारी दोस्रो चासोक तङ्नाम कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कांसोरे खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा लुङरुपाले स्वतन्त्र क्लबलाई पेनाल्टी शुटआउटमा ८–७ को अन्तरले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा लुङरुपाका अर्पन बान्तवा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै चौथो क्वाटरफाइनलमा ब्वाइज युनियनले शुभ प्रभात एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । ब्वाइज युनियनको जितमा सुवास तामाङले एक मात्र निर्णायक गोल गरे ।
महिला फुटबलमा आयोजक फाइनलमा
त्यस्तै महिला फुटबलतर्फ पहिलो सेमिफाइनलमा आयोजक आनी साक्थिम क्लबले लुङरुपा स्र्पोटिङ क्लबलाई ४–० ले हरायो । आयोजकको जितमा सरीता राई, मनिता तुमरोक, एलेक्स चौधरी र सिमरन राईले गोल गरिन् । खेलमा आयोजककी सिमरन राई प्लेयर अफ द म्याच घोषित भईन् ।
आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले पुरुषतर्फ उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फ विजेताले २५ हजार हात पार्नेछ भने उपविजेताले १ ५ हजार प्राप्त गर्नेछ ।