News रोहितको टोलीको निराशाजनक हार
गोलनेपाल

काठमाडौं । क्लब ड्युटीका लागि केही दिन अघि मात्र इण्डोनेसिया पुगेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केडिरीले बुधबार निराशाजनक हार बेहोरेको छ ।

दुई महिना अघि लिग कै क्रममा डरलाग्दो स्टेडियम दुर्घट्नापछि यसै साता सुचारु लिगमा इण्डोनेसियाको शिर्ष लिगमा रोहितको टोलीले लय समाउन सकेन । बुधबार भएको खेलमा पेर्सिकले पेर्सिब बान्डुङसँग ३–० को हार बेहोरेको हो ।

पेर्सिबको जितमा डेविड सिल्वाले दुई गोल गरे भने थप एक गोल फेब्री हरियदिले गरे । यो जितपछि ११ खेलबाट १९ अंक जोडेको पेर्सिब लिगतालिकाको आठौं स्थानमा छ । उता पराजित रोहितको टोली पेर्सिक भने ४ अंकका साथ पुछारमा छ ।

जारी सिजन केडिरीले एउटै जित हात पार्न सकेको छैन । केडिरीले आफ्नो आगामी खेल शनिबार लिगतालिकाको तेस्रो स्थानमा रहेको पर्सिजा जकार्तासँग खेल्नेछ । जकार्ता रोहित कै पूर्व क्लब समेत हो ।

Post Comments