News अजम्बरी र ब्वाईज युनियन फाइनलमा भिड्ने
गोलनेपाल

फिदिम । अजम्बरी एफसी र ब्वाईज युनियन जारी दोस्रो चासोक तङनाम कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । प्रतियोगिता अन्तरगत बुधबार दुई सेमिफाइनल खेलहरु सम्पन्न भए ।

पहिलो सेमिफाइनलमा अजम्बरीले लुङरुपा स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । अजम्बरीको जितमा म्यान अफ द म्याच समेत घोषित प्रकाश राईले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ब्वाईज युनियनले युनाइटेड फुल्पा क्लबलाई समान १–० अन्तरले हरायो । ब्वाईज युनियनका लागि सुवास तामाङले निर्णायक गोल गरे । म्यान अफ द म्याच भने ब्वाईज युनियन कै सदेश केसी घोषित भए ।

महिला फुटबलमा याङनाम फाइनलमा

त्यस्तै महिला फुटबल प्रतियोगितातर्फ याङनाम एफसी फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ याङनामले जल्पा युनाइटेड क्लबलाई २–० ले हरायो ।

याङनामको जितमा सोनम राईले एक गोल गरिन् भने थप एक गोल विपक्षी खेलाडी प्रबिना कालिकोटेले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् । खेलमा याङनामकी बिष्णु लिम्बु प्लेयर अफ द म्याच घोषित भईन् ।

आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फ विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फ विजेताले २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

Post Comments