News क्रोएशिया सेमिफाइनलमा, ब्राजील स्तब्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शुरुवातबाटै दावेदार मानिएको ब्राजीललाइृ स्तब्ध पार्दै गत संस्करणको उपविजेता क्रोएशिया जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएशियाले ब्राजीललाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो ।

अतिरिक्त समय भने रोमाञ्चक बन्यो । खेलको १०५औं मिनटमा नेमारको सुन्दर फिनिसिङ गोलबाट ब्राजीलले खेलमा अग्रता बनाए पनि अतिरिक्त समय कै दोस्रो हाफमा क्रोएशिया खेलमा फर्किएको थियो । ११६औं मिनटमा पेटकोभिकले गोल गर्दै क्रोएशियालाई खेलमा फर्काएका थिए ।

पेनाल्टी शुटआउटमा भने ब्राजील चुक्न पुग्यो । क्रोएशियाले सेमिफाइनलमा अब शुक्रबार राती नै हुने दोस्रो क्वाटरफाइनलतर्फ नेदरल्याण्डस र अर्जेन्टिना बीचको विजेतासँग खेल्नेछ ।

Post Comments