News अर्जेन्टिना र क्रोएशिया सेमिफाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र गत संस्करणको उपविजेता क्रोएशिया जारी फिफा विश्वकपको सेमिफाइनलमा भिड्ने भएका छन् । शुक्रबार अबेर राती भएको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसको चुनौति पेनाल्टी शुटआउटमा ४–३ ले पन्छाउँदै क्रोएशियासँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

लुसैली स्टेडियममा ८८ हजार भन्दा बढी दर्शकहरुबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समय र अतिरिक्त समयमा पनि २–२ को अन्तरमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा भने अर्जेन्टिनाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको ३५औं मिनटमा लियोनल मेसीले मिलाइदिएको सटिक पासमा नाहुल मोलिनाले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । ७३औं मिनटमा मेसीले पेनाल्टीबाट दोस्रो गोल गर्दै टोलीको जित पक्का गर्ने तय भईसक्दा नेदरल्याण्डसले खेलमा नाटकीय पूनःरागमन गर्यो ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका वुट वेगहस्र्टले ८३औं मिनटमा पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो गोल गर्दै खेललाई सनसनीपूर्ण रुपमा २–२ को बराबरीमा ल्याएका थिए ।

अब १३ डिसेम्बरका दिन अर्जेन्टिना र क्रोएशियाले लुसैल स्टेडियम मै पहिलो सेमिफाइनल खेल्नेछन् ।

Post Comments