News मोरक्को ऐतिहासिक सेमिफाइनलमा, पोर्चुगल नकआउट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अफ्रिकी टोली मोरक्को ऐतिहासिक र सनसनीपुर्ण जितका साथ जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा विश्वकपको इतिहास मै मोरक्कोको यो पहिलो सेमिफाइनल यात्रा समेत हो । साथै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली पनि मोरक्को बनेको छ ।

ऐतिहासिक सफलता हात पार्ने क्रममा मोरककोले शनिबार तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । पहिलो हाफको ४२औं मिनटमा युसेफ एन–नेसरीले गरेको एक मात्र गोल मोरक्कोलाई ऐतिहासिक जित दिलाउन निर्णायक बन्यो ।

दोस्रो हाफको ५०औं मिनटमा सम्भवत आफ्नो अन्तिम विश्वकप खेलिरहेका क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् । त्यस्तै खेलको अन्तिमतिर मोरक्कोका फरवार्ड वालिद चेडिराले दोहोरो पहेंलो कार्ड खाँदै मेदान छाड्दा अफ्रिकी टोली दश खेलाडीमा सिमित बने पनि त्यसलाई टोलीको जितलाई कुनै बाधा परेन ।

मोरक्कोले अब सेमिफाइनलमा शनिबार राती नै हुने अन्तिम क्वाटरफाइनलतर्फ साविक विजेता फ्रान्स र इङल्याण्डबीचको विजेतासँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशिया भिड्ने तय भईसकेको छ ।

Post Comments