News फ्रान्स सेमिफाइनलमा, इङल्याण्ड बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । रोमाञ्चक जितका साथ साविक विजेता फ्रान्स जारी फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । शनिबार अबेर राती सम्पन्न चौथो क्वाटरफाइनलमा इङल्याण्डमाथि २–१ को जित निकाल्दै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

खेलको १७औं मिनट मै औरेलिन टिचुमेनीको गोलबाट फ्रान्सले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा इङल्याण्डले प ेनाल्टीको अवसर पायो । जसलाई ५४औं मिनटमा हेरी केनले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । उता ७८औ राम्रो लयमा रहेका ओलिभर जिरुडले दोस्रोपटक फ्रान्सलाई अग्रता दिलाए ।

यद्यपि इङल्याण्डले अन्तिमतिर फेरि पेनाल्टीको अवसर पायो । तर ८४औं मिनटमा पेनाल्टी प्रहार गर्न अघि सरेका केनले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । जुन क्षण नै इङल्याण्डका लागि हारको एक मुख्य कारण पनि बन्यो ।

यो हारसँगै इङल्याण्ड विश्वकपको क्वाटरफाइनलमा सर्वाधिकपटक हार्ने टोली बनेको छ । इङलिस टोली समग्रमा ७ पटक क्वाटरफाइनलमा पराजित भएको छ । फ्रान्सले सेमिफाइनलमा अब मोरक्कोसँग खेल्नेछ ।

Post Comments