News किरनको टोली पञ्जाबसँग लिगलिडर काश्मिर पराजित
गोलनेपाल

काठमाडौं । चर्चित हिरो आई लिगमा व्यस्त नेपालका नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले महत्वपूर्ण अवे जित हात पारेको छ ।

श्रीनगर स्थित टिआरसी पोलो सिन्थेटिक टर्फ ग्राउण्डमा सम्पन्न खेलमा पञ्जाबले घरेलु टोली तथा लिगलिडर रियल काश्मिलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

पहिलो हाफको २१औं मिनटमा प्रन्जल भुमिजले गरेको एक मात्र गोल पञ्जाबलाई सिजनको पहिलो अवे जित दिलाउन निर्णायक बन्यो । उता खेलको ४९औं मिनटमा आकाशदिप सिंहले रातो कार्ड खाँदै मैदान छाड्दा काश्मिर दश खेलाडीमा सिमि तबनेको थियो । तर पञ्जाबले त्यसको फाईदा उठाउन सकेन ।

यो हारका बावजुद ७ खेलबाट १६ अंक जोडेको काश्मिर लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । त्यस्तै १ खेल कम खेलेको पञ्जाब १३ अंकका साथ तेस्रो स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल शुक्रबार चर्चिल ब्रदर्शसँग खेल्नेछ ।

Post Comments